अमेरिकी कस्टम्स एन्ड बोर्डर प्रोटेक्सन (सीबीपी) अधिकारीहरूले शनिबार, जनवरी २४ मा मिनियापोलिसमा नर्स एलेक्स प्रेटीमाथि गोली चलाउने दुई संघीय आप्रवासन एजेन्टलाई बिदामा पठाइएको जानकारी दिएका छन्।
अधिकारीहरूका अनुसार यस घटनाको छानबिन भइरहेको छ र अनुसन्धानको क्रममा दुवै एजेन्टलाई ड्युटीबाट हटाउने निर्णयलाई मानक प्रक्रिया भनिएको छ।
प्रारम्भिक प्रतिवेदनमा दुई जना एजेन्टले मात्रै आफ्नो हतियार चलाएको पाइएको छ। एलेक्स प्रेटीसँग हतियार भए पनि, उनी एक सह–प्रदर्शनकारीलाई सहयोग गर्ने प्रयास गरिरहेका बेला आफ्नो पिस्तोल निकालेका थिएनन्।
घटनापछि मिनियापोलिसमा तनावपूर्ण अवस्था कायम छ। यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिनियापोलिसका मेयर ज्याकब फ्रेलाई चेतावनी दिँदै उनी ‘जोखिम लिइरहेका छन्’ भनेका छन्। मेयर फ्रेले यसअघि ‘मिनियापोलिसले संघीय आप्रवासन कानुन लागू गर्दैन र भविष्यमा पनि गर्ने छैन’ भन्ने अभिव्यक्ति दिएका थिए। एजेन्सी
प्रकाशित: १५ माघ २०८२ ०९:११ बिहीबार





