६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

ट्राफिक प्रहरीद्वारा चालकलाई प्रशिक्षण

ट्राफिक प्रहरीले आसन्न चाडपर्वमा हुन सक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न दुई सय ३५ चालक तथा सहचालकलाई प्रशिक्षण दिएको छ।

ट्राफिक प्रहरी वृत्त नयाँबसपार्क, सामुदायिक प्रहरी केन्द्र गोंगबुको आयोजना तथा लोत्से बहुउद्देश्यीय प्रालिको सहयोगमा ट्राफिक व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिइएको हो।नयाँबसापार्कभित्र बुधबार भएको प्रशिक्षणमा चाडपर्वमा यात्रुलाई सुरक्षित गन्तव्यस्थलसम्म कसरी सहजै लैजान सकिन्छ भन्नेबारे प्रशिक्षण प्रदान गरिएको ट्राफिक वृत्त नयाँबसपार्कका प्रमुख, प्रहरी निरीक्षक राजु भण्डारीले बताए।

यस्तै, चाडपर्वमा बढी भाडा लिंदा गरिने कारबाही, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउँदा हुने दुर्घटना लगायतको बारे समेत अवगत गराइएको थियो। मुलुकको राष्ट्रिय बसपार्कका रूपमा रहेको नयाँबसपार्कबाट दैनिक छ सय सवारी साधन देशका ६५ भन्दा बढी जिल्लामा ओहोरदोहोर गर्दै आएका छन्।  

प्रकाशित: ११ आश्विन २०८० ०३:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App