३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

धनुषा-२ मा नेपाली कांग्रेसका दिनेश परसैलाले गराए उम्मेदवारी दर्ता

नेपाली कांग्रेसका दिनेश प्रसाद यादव परसैला धनुषा-२ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवारी दर्ता गराएका छन् । बिदेह नगरपालिकास्थित तिनकौरियामा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनी मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् ।  

उनको समर्थकमा नवीन गोहिवार यादव र प्रस्तावक रामचन्द्र मण्डल रहेका छन् । उनी प्रतिनिधिसभा सदस्यका लागि पहिलो टिकट पाएका हुन् । ०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसकै रामकृष्ण यादव निर्वाचित भएका थिए ।  

यसअघि परसैला संविधानसभाका तत्कालीन धनुषा निर्वाचन क्षेत्र १ बाट कांग्रेसकै टिकटमा दोस्रो संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित: ६ माघ २०८२ १६:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App