२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पर्यटन दिवसः बसपार्क क्षेत्रमा सरसफाई, महानगरको असहयोग

पर्यटन दिवसको अवसरमा बुधबार पोखरामा पर्यटन सम्बद्ध संघसंस्थाले प्रभातफेरी निकालेका छन्। पृथ्वी होटल व्यवसायी समितिको आयोजनामा सरसफाइ पनि गरेका छन्।

पर्यटन दिवसको अवसरमा आयोजित प्रभातफेरी पोखराको चिप्लेढुंगास्थित मानव अधिकारचोकबाट सुरु भई न्यूरोड, सभागृहचोक हुँदै पृथ्वीचोकमा पुगेर सरसफाई कार्यक्रममा परिणत भएको थियो ।  पृथ्वीचोकदेखि चाईनापुल र पोखरा बसपार्क वरपर सरसफाई गरिएको कार्यक्रम संयोजक बालकृष्ण निउरेले जानकारी दिए।

सरसफाईमा महानगरको असहयोग

यसैबीच, सरसफाईमा पोखरा महानगरपालिकाले भने असहयोग गरेको आरोप व्यवसायीले लगाएका छन्। पर्यटन दिवसको अवसरमा आयोजित पर्यटन सम्बद्ध संघसंस्थाहरुको सरसफाईमा पोखरा महानगरपालिकाले असहयोग गरेको उनीहरुको आरोप छ। 

महानगरले सरसफाईका लागि फोहोर बोक्ने गाडी पठाइदिन्छु भने पनि गाडी नपठाउनुका साथै पोखरा बसपार्क भित्र सरसफाई गर्नसमेत अवरोध पुर्‍याएको कार्यक्रम संयोजक निउरेले बताए।

‘हामीलाई सरसफाईका लागि बिहानै गाडी पठाइदिन्छु भनेर महानगरले वाचा गरेको थियो, उनले भने, ‘तर महानगरले गाडी पठाएन।’

फोहोर उठाउने गाडी चाहियो भन्दा महानगरकी सरसफाई विभाग प्रमुख कल्पना बरालले झर्किदै हामीले दैनिक सरसफाई गरिरहेका छौं। त्यस्तो सरसफाई गर्नुपर्ने ठाउँ पोखरामा छैन र गाडीपनि पठाउन सक्दैनौं भनेको उनले बताए। सुरुमा फोहोर बोक्ने गाडी आउँदैछ भन्दै पर्खाएर पछि गाडी नै नपठाउँदा सरसफाईको काम आधा गरेर बाँकी त्यत्तिकै छाडेर हिँड्नुपरेको उनले बताए।

त्यतिमात्र होइन, महानगरले ठेक्कामा दिएको कम्पनी वातावरणीय सुन्दर नेपाल प्रालिका सञ्चालकले बसपार्क क्षेत्रमा सरसफाई गर्ने अनुमति नभएको भनेर सरसफाईमा अवरोध पुर्‍याउन खोजेको समेत उनले बताए। ‘फोहोरको जिम्मा लिने ठेकेदारले बसपार्कमा फोहोर छैन भन्नुभयो,’ उनले भने।

तर महानगरकी सरसफाइ विभागकी प्रमुख कल्पना बरालले भने आफूले त्यस्तो जवाफ नदिएको दाबी गरिन। 

‘फोहोर बोक्ने गाडी आउन ढिलाइ भएकै हो,’ उनले भनिन्, ‘सरसफाईमा महानगरले सहयोग गरेन भनेपछि मैले महानगरले सरसफाई गरिरहेकै छ भनेकी हुँ। त्यो कुरा नभनेको भएपनि हुने रहेछ तर त्यत्ति चाहिँ भनेकी हुँ।’ 

उनले आफूले समितिका अध्यक्ष लगायतलाई फोहोर संकलन पछि बोरामा बाँधेर छाडिदिनु वा थुप्रो बनाएर राखिदिनु भनेको तर गाडी नआउँदा रिसाएर फोन गरेको उनको भनाई छ।

प्रकाशित: १० आश्विन २०८० १०:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App