१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

मलंगवाको स्थिति तनावग्रस्त, प्रहरीद्वारा दुई दर्जन अश्रुग्याँस प्रहार

सर्लाही सदरमुकाम मलंगवामा कफ्र्युको बिच हजारौं संख्यामा मानिस प्रदर्शनमा उत्रेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ।

शुक्रबार कफ्र्युका बिच मानिसहरु प्रदर्शनमा उत्रेपछि प्रहरीले भीडलाई हटाउन कम्तीमा २३ सेल अश्रुग्याँस प्रहार गरेको हो।

विश्वकर्मा पूजाको मूर्ति विसर्जनको क्रममा बिहीवार साँझ दुई पक्षबीच झडप भएपछि मलंगवा तनावग्रस्त बनेको छ। मलंगवामा बिहीवार राति अबेरसम्म दुई पक्षबिच झडप भइरहँदा प्रहरीले तिन सेल अश्रुग्याँस प्रहार गरेको थियो। जिल्ला प्रशासन कार्यालय सर्लाहीले बिहीवार राति १० बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको थियो।

कफ्र्युको क्रममा घोषणा गरिएको निषेधित क्षेत्र पुरानो मलंगवा नगर क्षेत्र पूर्वमा झिम नदी, पश्चिमा मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र तथा उत्तरमा प्रहरी पोस्ट–पेट्रोल पम्पभित्र व्यापक मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।  

प्रकाशित: ५ आश्विन २०८० ०९:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App