११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

कुशको पुजा गरी तीन छठ्ठी पर्व मनाइँदै

आफनो पुत्रको दीर्घायुको कामना गर्दै मधेसी समुदायका महिलाहरूले धुमधामकासाथ तीन छठ्ठी पर्व मनाइरहेका छन्। आफना सन्तान र श्रीमानको लामो आयुको कामना गर्दै मधेशी समुदायका महिलाहरू कुशको विशेष पुजा गरेर हर्षोउल्लासका साथ पर्व मनाइरहेका छन्।  

पुजाका लागि चाहिने महुवाको पात र कुश लिनका लागि तिलौराकोट छेउछाउको जंलाशयमा भिड लागेको छ। विशेष गरी कुशको पुजा गर्नका लागि व्रतालु महिलाहरू तौहिलवा स्थित प्रहरी कार्यालय, त्यको किनार र नेपाली सेनाको ब्यारेक, चौबिस हजार नहर निगालीकोट, सडवा मन्दिर लगायतक कुश भएका विभिन्न स्थानमा पुगेका थिए। त्यहाँ भक्तजनहरूको भिड लाग्ने गर्छ।  

भदौ शुक्ल षष्ठीको दिन मनाइने तीन छट्ठी पर्वमा व्रत बस्ने र पुजापाठ गर्ने चलन रहेको छ। उम्रेको कुशको पुजा गर्न भक्तजन महिलाको भिड लाग्ने गर्छ। आजको दिन बिहानै व्रतालु महिलाहरूले महुवाको दतिवनले दाँत माझ्ने गर्छन्। पर्वका दिन मधेसी समुदायका महिलाले बिहानै स्नान गरी व्रत,पुजापाठ र भजन किर्तन गरी तीन छठ्ठी पर्व मनाउने गर्छन् ।  

उपवास सकेपछि हलो नजोतिएको खेतको अन्न अर्थात (तिन्नीको चामल) जङ्गली धानको चामलको भात र साग खाएर व्रतालुहरूले व्रत तोड्ने गर्छन्। पुजाका लागि चिनी नहालेको दहि, बेसार, चामल, महुवा र चनाकालाई एकै ठाँउमा मुछेर प्रसाद बनाईन्छ। ब्रतालु प्रत्येक महिलाले ३ वटा पनास र ७ वटा महुवाको पातमा सो प्रसादलाई राखेर कुशलाई पुजा गर्ने परम्परा रहेको छ। 

प्रकाशित: १९ भाद्र २०८० ०८:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App