२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

स्ल्याब भत्काउन पुगेको महानगरको डोजरलाई स्थानीयको स्वागत

क्याप्शन

कपनमा खहरे खोला अतिक्रमण गरेर बनेका घर हटाउन भन्दै काठमाडौं महानगरपालिका पुगेपछि तनाव सिर्जना भएको छ।

बिहीवार दिउँसो काठमाडौं महानगपालिकाले डोजर लिइ खोलामाथि बनाइएका स्ल्याबहरु भत्काउने तयारी गरेपछि तनाव सिर्जना भएको हो।

काठमाडौं महानगरपालिका १० र बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ७ को सीमानामा रहेको सात तले चोक नजिकैको खोला मिचेर घर बनाएको, सेटब्याक नछोडी खोला मिचेको पाइएकाले महानगर उक्त स्थानका संरचना भत्काउन पुगेको थियो।

तनाव उत्पन्न भएपछि नेपाल प्रहरीले महानगरपालिकाका डोजर चालकबाट डोजरको चाबी खोसेको स्थानीयहरुको आरोप छ। उनीहरुले महानगरले गरेको काम राम्रो भएको र खहरे खोला मिचेर बनाइएका संरचनाहरु भत्काउनुपर्ने धारणा राखेका छन्।

यता बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० का अध्यक्ष नवराज भट्टराईले बुढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिलाई के गरिँदैछ भन्नेकुरा थाहा नदिकनै काठमाडौं महानगरपालिका दलबलसहित फिल्डमा आएको बताए। उनले चोर बाटोबाट गरिएको निर्णयलाई आत्मसाथ गर्न नसकिने बताए।

उनले भने, ‘काठमाडौं महानगरपालिका दलबलसहित फिल्डमा आयो। यो काठमाडौं महानगर र बुढानिलकण्ठ नगरपालिकाको सीमानामा पर्छ। बुढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिलाई के गरिँदैछ भन्नेकुरा थाहा नदिकनै चोरबाटोबाट यो निर्णय गरिएको छ। यो समन्वयबाट समाधान हुनुपर्छ।’

त्यस्तै काठमाडौं महानगरपालिकाका महानगरीय प्रहरी प्रमुख राजुनाथ पाण्डेले मेयर बालेन्द्र साहको खहरे खोला मिचेर बनाएका संरचना भत्काउने आदेश रहेकाले भत्काएरै छोड्ने बताए। उनले बुढानीलकण्ठ नगरपालिकाले स्पष्ट हुँदाहुँदै पनि निहुँ खोजेको उल्लेख गरे।

उनले भने, ‘महानगरले नापिसकेको, महानगर र उहाँहरुबीच पनि कतिपय कुराकानी भएको, म आफैँ पनि कतिपय ती कार्यमा संलग्न भएको, र अहिले खहरेलाई खोल्ने र डुबानलाई जनताको घरमा गएको पानी जुन छ, बुडानीलकण्ठ तिर साइड अग्लो छ, यताको साइड गहिरो छ। त्यो खोलेपछि बाटो समस्या हुन्छ भनेर निहुँ खोजेको अवस्था हो। कानून हातमा लिन खोजेको हो। हामी आफ्नै सीमानामा बस्छौँ र खोल्छौँ।’

त्यस्तै स्थानीयहरुले भने बुढानीलकण्ठ नगरपालिकाले खहरे खोलाको संरचना मिचेर घरहरु बनाउन दिएकाले भत्काउनुपर्ने माग राखेका छन्। उनीहरुले मिचेर बनाइएका संरचना नभत्काएसम्म बाढी र डुबानको समस्या समाधान हुन नसक्ने धारणा राखे। उनीहरुले भुमाफियाका कारण अहिलेको समस्या सिर्जना भएको भन्दै महानगरले चालेको कदम सही रहेको बताए।

उनीहरुले खोला मिचेर संरचना बनाउनेहरुलै मात्रै महानगरको बिरोध गरिरहेको बताए। बालबालिकाहरुलाई विद्यालय लैजान र ल्याउनका लागि पनि पानी परेको बेलामा जोखिम मोलेर आउने जाने गर्नुपरेको गुनासो गरे।

प्रकाशित: २५ श्रावण २०८० १०:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App