१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

घुस लिएको अभियोगमा नगराइन नगरपालिका दुई जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा नगराइन नगरपालिका–२ का वडा अध्यक्ष बुलन यादव र वडा सचिव अमृत नारायण मिश्र विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

सडक निर्माण कार्य सम्पन्न सिफारिस गरिदिएबापत सेवाग्राहीसँग रु ७० हजार घुस लिएको अभियोगमा आयोगले केही दिन पहिले उनीहरूलाई पक्राउ गरेको थियो। आयोगले उनीहरुविरुद्ध बिगो बमोजिमको कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।

प्रकाशित: २२ असार २०८० १२:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App