८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

अचेत भेटिएका व्यक्तिको उपचारका क्रममा मृत्यु

दार्चुला सदरमुकाम खलंगमा अचेत अवस्थामा फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। उनको आज बिहान जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

गए राति गस्ती गर्ने क्रममा प्रहरीले खलंगास्थित बसपार्कमा ती व्यक्तिलाई रक्ताम्य अवस्थामा फेला पारेको हो। राति नै प्रहरीले उनलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए।

टाउको र शरीरभरि घाउ भएका ती व्यक्तिको नाम र ठेगाना खुल्न सकेको छैन। उनको शव जिल्ला अस्पतालमा राखिएको छ। ती व्यक्तिको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।  

प्रकाशित: २१ जेष्ठ २०८० ०६:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App