८ वैशाख २०८१ शनिबार
समाज

बृहत् यौनिकता शिक्षा प्रवर्द्धनमा सहकार्य गर्न सहमति

बृहत् यौनिकता शिक्षासम्बन्धी नेपालमा रहेका कानुनी र कार्यक्रमिक रूपमा भएका व्यवस्थाको कार्यान्वयनमा सबै सरोकारवालाले मिलेर काम गर्ने भएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयुक्त आयोजना र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष, परिवार नियोजन संघ नेपाल र साझेदार संस्थाको आयोजनमा बिहीबार राजधानीमा सम्पन्न २ दिने ‘नेपालमा बृहत्तर यौनिकता शिक्षा’ विषयक दुई दिने सम्मेलनले सरोकारवालाहरूले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।

सम्मेलनको अन्तमा जारी प्रतिबद्धता पत्रका अनुसार सबै प्रदेश तथा स्थानीय सरोकारवाला, विद्यालय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, युवालगायत सम्बद्ध बहुसरोकारवालाबीच समन्वय र सहकार्य अभिवृद्धि गर्न गरिनेछ।

बृहत् यौनिकता शिक्षासम्बन्धी नेपालमा रहेका कानुनी र कार्यक्रमिक रूपमा भएका व्यवस्थाको कार्यान्वयनमा सबै सरोकारवालाले मिलेर काम गर्ने भएका छन्।

मार्च २०२३ मा जारी संयुक्त राष्ट्र संघीय विशेष प्रतिवेदनले भेदभावविना बृहत् यौनिकता शिक्षाको सुनिश्चितताको लागि गरेको आह्वानअनुसार नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सम्बद्ध सबै सरोकारवाला संघसंस्था यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।

यसैगरी, जारी प्रतिबद्धता अनुसार बृहत् यौनिकता शिक्षालाई सबै किशोरकिशोरी तथा युवाको आधारभूत अधिकारका रूपमा लिई गुणस्तरीय शिक्षाको प्रत्याभूति र युवाका लागि यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी जानकारी र गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पुर्‍याउनेछ।

यसैगरी बालविवाह, अनिच्छित गर्भधारण रोक्ने, सबै प्रकारका यौन तथा लैंगिक हिंसा र हानिकारक अभ्यास, एचआइभी/एड्स लगायत यौनजन्य संक्रमण हुनबाट सबै किशोरकिशोरी तथा युवाको संरक्षण गर्दै किशोरावस्थाबाट वयस्क अवस्थामा सुरक्षित र परिपक्व रूपमा रूपान्तरण हुनका लागि सहजीकरण गर्ने सहमति भएको छ।

सम्मेलनले अनलाइन तथा अफलाइनका माध्यमबाट शिक्षक तालिम र अन्य सहयोगमार्फत बृहत् यौनिकता शिक्षासम्बन्धी सिकाइ सामग्री विकास गरी त्यसको प्रभावकारी प्रयोगमा किशोरकिशोरी तथा युवा र समुदाय तथा अभिभावकलाई संलग्न गराउने तथा किशोरकिशोरी तथा युवाको सिकाइ अनुभव र असल अभ्यास एकआपसमा आदानप्रदान गर्न प्रोत्साहित गर्ने निर्णय गरेकोछ।

सरकारी अधिकारी, विज्ञ र नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको उक्त सम्मेलनमा बौल्दै संयुक्त राष्ट्र संघीय जनसंख्या कोषका आवासीय प्रतिनिधि यंगहोङले युवाहरूको यौन तथा प्रजनन स्वास्थ्य र अधिकारहरू प्राप्त गर्न बृहत्तर यौनिकता शिक्षा महत्वपूर्ण रहेको बताइन्।

‘दिगो विकासका प्रमुख लक्ष्यहरू र सन् २०३० सम्ममा महिला र बालिकाहरूको यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारहरू पूर्ण रूपमा सुरक्षित गर्न जनसंख्या तथा विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनले प्रतिबद्धता पूरा गर्न पनि यो महत्वपूर्ण छ,’ उनले भनिन्।

प्रकाशित: १२ जेष्ठ २०८० ०१:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App