१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

मन्त्री यादवद्वारा मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन

फाइल तस्बिर

खानेपानीमन्त्री महिन्द्र राय यादवले मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गरेका छन। मेलम्ची खानेपानी अयोजनाले राखेको परिचयात्मक तथा आयोजनाको विस्तृत जानकारी दिने कार्यक्रममा मन्त्री यादव मेलम्ची पुगेका हुन।

उनले आफू भर्खरै मन्त्रालयमा आएकाले योजनाको विषयमा बुझ्न र जानकारी लिन स्थलगत अवलोकन गर्नुपरेको बताए।

कार्यक्रममा मन्त्री यादवले मन्त्रालयबाट आयोजनाका लागि आवश्यक पर्ने सहयोगमा कुनै कमी नहुने र छिट्टै प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय जनप्रतिनिधिसँग बैठक बसी खानेपानी बोर्ड गठनको विषय टुङ्ग्याउने जानकारी दिए।

यसैबीच उनले अबको दुई हप्ताभित्रमा समय मिलाएर प्रधानमन्त्रीले पनि आयोजनाको मुहानस्थल हेलम्बु अम्बाथानको भ्रमण गर्नुहुने बताए । 

सोही क्रममा बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङले अहिले वर्षायाममा पानी बन्द गर्नुपर्ने र हिउँदमा मात्र पानी पठाउनुपर्ने अवस्था भएकाले उक्त समस्या समाधानका लागि सरकारले बाह्रै महिना पानी पठाउन विशेष योजना बनाउन मन्त्री यादवसमक्ष अनुरोध गरे।  

साथै सिन्धुपाल्चोकले काठमाडौलाई पानी पठाएबापत पाउनुपर्ने रोयल्टीलगायत सेवा सुविधाका बारेमा छिट्टै ऐन बनाई कार्यान्वयन गर्नुपर्नेमा तामाङले जोड दिए।

प्रकाशित: ३ जेष्ठ २०८० १४:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App