२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बिहानैदेखि सम्पर्कविहिन भएको थियो दुर्घटनामा परेको सिम्रिकको हेलिकप्टर

सङ्खुवासभामा दुर्घटना परेको सिम्रिक एयरको हेलिकप्टर । तस्बिर सौजन्य: वाङ भोटे

सङ्खुवासभामा दुर्घटना परेको सिम्रिक एयरको हेलिकप्टर शुक्रबार बिहानैदेखि सम्पर्क बिहिन भएको बुझिएको छ।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार उक्त हेलिकोप्टर बिहानैदेखि सम्पर्कविहीन भएकाले खोजी भइरहेको थियो।  

 'हेलिकोप्टर तुम्लिङटार विमानस्थलसँग बिहानैदेखि सम्पर्कमा नरहेको जानकारी आएको छ', प्रवक्ता सिटौलाले भने।  

सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेका अनुसार भोटखोला गाउँपालिका सिप्रुङमा सिम्रिक एयरको हेलिकोप्टर अवतरणका क्रममा दुर्घटना भएको हो।  

उनले भने, 'सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा परेको स्थानीयले जानकारी गराएका छन्। विस्तृत जानकारी आउन बाँकी छ। उद्धारका लागि गृह मन्त्रालयबाट हेलिकोप्टर मगाएका छौँ ।'

माथिल्लो अरुण जलविद्युत् परियोजनाको सामग्री ढुवानी गरेर गएको हेलिकोप्टर दुर्घटनामा परेको हो। 

प्रकाशित: २२ वैशाख २०८० ०८:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App