coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पहाडी र तराई क्षेत्रमा आज पनि वर्षाको सम्भावना

हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ।लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै कोसी र वाग्मती प्रदेशका पहाडी भूभागका एकरदुई स्थानमा मेघ गर्जनरचट्यारूसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जनरचट्यारूसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने तराईका थोरै स्थानहरूमा मेघ गर्जनरचट्यारूसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।

राति सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जनरचट्यारूसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: १७ वैशाख २०८० ०१:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App