२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

लैंगिक अल्पसंख्यक समुदायकी लक्ष्मी घलान नागरिक नायक -२०८०

लैंगिक अल्पसंख्यक समुदायकी लक्ष्मी घलानलाई नागरिक नायक २०८० बाट सम्मान गरिएको छ।

नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १४ औँ वार्षिकोत्सवको अवसरमा सोमबार लैंगिक अल्पसंख्यक समुदायकी लक्ष्मी घलानलाई नागरिक नायक २०८० बाट सम्मान गरेको हो।

घलाने लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुको क्षेत्रमा काम गर्दै आइरहेकी छिन्। समुदायमा आफूजस्ता अरू पनि रहेछन् भन्ने बुझ्न थालेपछि उनले सन् २००४ मा मितिनी सपोर्ट ग्रुप नामक संस्था खोलेर काम गरेकी थिएन्। त्यसपछि उनले सन् २००६ मा मितिनी नेपालको स्थापना गरी लैंगिक अल्पसंख्यक समुदायको लागि काम गर्न थालिन्।

सम्मान प्राप्त गरेपछि घलानले पूर्वसचिव तथा पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलसँगको अन्र्तसम्वादमा बोल्दै भनिन्, 'यौनिक फरकपनको कारण मैले परिवारबाटै धेरै समस्या झेलेको छु। मेरो र मेरो बुबाको विचार नमिल्दा मैले धेरै कुटाई पनि खाएको छु। म घरको जेठी छोरी थिए तर मेरो बुबाले मलाई त मरिस्, मेरो जेठी छोरी अब मरि समेत भनेका थिए।'

'बुबाआमाको कल्पना थियो होला छोरीको बिहे होस् अर्काको घरमा जाओस् भन्ने थियो होला तर मेरो त्यस्तो भएन। मेरो आकर्षण छोरी मान्छे सगै भयो'  उनले भनिन्, ' त्यतिबेला यो समाजले स्वीकार्न सकेनन्। माक्स र क्याप लगाएर आफ्नो यौनिकतालाई लुकाएर हिड्न पर्ने अवस्था थियो। अझै पनि समाजले खुलेर स्वीकार गर्न सक्दैन।' 

सहजकर्ता भोजराज  पोखरेलले समलिंगीहरुलाई जबरजस्ती विवाह गरिदिँदा विवाह असफल भएको र विवाहपछि दुई परिवार ध्वस्त हुने समेत बताए। उनले आफ्नो परिवारभित्रको समलिंगी सदस्यले भोगेका समस्याबारे पनि चर्चा गरेका थिए। र यो समुदायका लागि समाजमा सहज वाताबरण बनिनसकेको उनले बताए।  

प्रकाशित: ११ वैशाख २०८० १३:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App