९ पुस २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जोर्डन सरकारले इस्लामिक संगठन 'मुस्लिम ब्रदरहुड'लाई प्रतिबन्ध लगायो

जोर्डन सरकारले इजिप्टको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो इस्लामिक संगठन 'मुस्लिम ब्रदरहुड'लाई प्रतिबन्ध लगाएको छ।

सरकारले रकेट र ड्रोन आक्रमणको योजना बनाएको आशंकामा इस्लामिक समूहका केही सदस्यहरूलाई पक्राउ गरेको बताएको एक हप्तापछि यो कदम चालिएको हो।

जोर्डनका गृहमन्त्री माजिन अल-फरायाले एक सम्मेलनमा भने, 'ब्रदरहुडका सबै कार्यालयहरू बन्द गरिनेछ र यसको सम्पत्ति जफत गरिनेछ र यसको कुनै पनि गतिविधिलाई गैरकानुनी मानिने छ।'

जोर्डनको यो कदमपछि ब्रदरहुडबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। यद्यपि, ब्रदरहुडले कथित आक्रमण षड्यन्त्रसँग कुनै पनि सम्बन्धलाई अस्वीकार गरेको छ।

यो प्रतिबन्धले समूहको राजनीतिक शाखा, इस्लामिक एक्सन फ्रन्टमा कस्तो प्रभाव पार्छ भन्ने कुरा स्पष्ट छैन।

एक्सन फ्रन्ट जोर्डनको संसदमा सबैभन्दा ठूलो विपक्षी समूह हो। बीबीसी

प्रकाशित: ११ वैशाख २०८२ ०९:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App