२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

धौलागिरी आधार शिविर गएको हेलिकप्टर सम्पर्कविहिन

म्याग्दीको धौलागिरि हिमालको आधार शिविरतर्फ गएको हेलिकप्टर सम्पर्कविहीन भएको हो।

आइतबार बिहान आधार क्षेत्रतर्फ जाँदै गरेको हेलिकप्टर ११ बजे ११ मिनेट आसपासमा सम्पर्कविहिन भएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिए।  

'हेलिकप्टर सम्पर्कविहिन भएको खवर आएको छ,' खोजीकार्यमा टोली खटिएको छु प्रजिअ पौडेलले नागरिक न्यूजलाई भने। सम्पर्कविहिन भएको जानकारी पाएपछि सम्पर्कबिहीन बनेको हेलिकप्टरको खोजीमा एयर डायनेष्टीको हेलिकप्टर खोजीका लागि पठाइएको छ। हेलिकप्टरमा सवार यात्रु सहितका विवरण प्राप्त नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

म्याग्दीको धवलागिरि गाउँपालिका–४,मा पर्ने विश्वको सातौँ आठ हजार एक सय ६७० मिटर अग्लो धौलागिरि हिमाल आसपासमका क्षेत्रमा हेलिकप्टरबाटै खोजी भइरहेको छ। तत्काल पैदलमार्गबाट जान सम्भव नभएकाले सम्बन्धित टेकिङ एजेन्सीले नै खोजी गरिहेको छ।

प्रकाशित: २६ चैत्र २०७९ ०७:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App