४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

सेवा करार कर्मचारी संगठित

मोरङका विभिन्न  सरकारी कार्यालयमा कार्यरत श्रेणीविहीन  सेवा करारका कर्मचारी संगठीत भएका छन्। शनिबार विराटनगरमा आयोजित भेलाले युवराज ढकालको अध्यक्षतामा ११ सदस्यीय मोरङ जिल्ला तदर्थ समिति गठन गरेको छ।  

उपाध्यक्षमा मितु दाहाल, सचिवमा कमल भण्डारी, सह सचिवमा पवित्रादेवी बाँस्कोटा र कोषाध्यक्षमा रोहित आचार्य चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा सुरेश कामत, चन्द्र विश्वास, कविता खनाल, सुजन चापागाई, चुलुवा मण्डल र सुभद्रा विश्वास चयन भएका छन्।

भेलामा श्रेणी विहीन करार सेवाका कर्मचारीहरूले आन्तरिक प्रतिश्पर्धाबाट स्थायी गर्नुपर्ने, पर्व खर्च, पोशाक र महँगी भत्ता उपलब्ध गराउनुपर्ने माग गरेका छन्।

मोरङका स्थानियत तह, प्रदेश सरकार र संघीय सरकार मातहतका कार्यालयहरूमा करिब १ हजार ५ सय कर्मचारी कार्यरत रहेको उनिहरूले बताएका   छन्। २५ वर्ष देखि दरवन्दी विहीन करारमा कर्मचारीहरू कार्यरत रहेको जनाएका छन्। 

प्रकाशित: २५ चैत्र २०७९ १२:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App