काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले दे्शलाई सफा गर्न नेताहरुलाई सिस्डोलमा डम्प गर्न पर्ने बताएका छन्। सिस्डोल त्यही ठाउँ हो जहाँ काठमाडौंको फोहोर व्यवस्थापन हुन्छ। मेयर शाहले भने नेताहरुले देश फोहोर गरेको आशयमा देश सफा गर्न नेताहरुलाइ नै डम्प गर्नुपर्ने भन्दै आक्रोश व्यक्त गरेका हुन्।
उनले सामाजिक संजालमा लेखेका छन्, साच्चिकै देश सफा गर्नु परे,त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’
त्यस्तै उनले आजदेखि सिंहदरबारको फोहोर नउठ्ने घोषणा पनि गरेका छन्। शनिबार आफ्नो आधिकारिक फेसबुक पेजमा स्टाटस राख्दै मेयर शाहले सिंहदरबारबाट निस्कने फोहोर नउठाउने बताएका हुन्।
काठमाडौं महानगरले फोहोर व्यवस्थापन गर्दै आएको सिसडोलमा पटक पटक रोकावट आएको सन्दर्भमा मेयर शाहले राजनितिक दलहरुका स्थानीय नेताहरुको हस्तक्षेप बताउँदै आएका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे,त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’
प्रकाशित: २५ चैत्र २०७९ ०३:१८ शनिबार





