२१ माघ २०८२ बुधबार
image/svg+xml
समाज

जलेश्वर कारागारमा रहेका कैदि अस्पतालबाट फरार

कर्तव्य ज्यानको मुद्दामा पुर्पक्षका लागि जलेश्वर कारागारमा रहेका एकजना कैदी फरार भएका छन्।

महोत्तरीको लोहारपट्टी नगरपालिका-९ का कृष्ण यादव फरार भएको महोत्तरीका प्रहरी प्रमुख एसपी प्रकाश मल्लले बताए।

उपचारका लागि अस्पताल पुर्‍याउएका यादव शुक्रबार दिउँसो अस्पतालको शौचालय कक्षको झ्याल तोडेर फरार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रहरीका अनुसार यादवको गोडामा समस्या देखिएपछि उपचारका लागि जनकपुरधामस्थित आर्या हस्पिटलमा लगिएको थियो।

प्रकाशित: २४ चैत्र २०७९ ११:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App