२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

चैतको महिना,वनमा डढेलो लाग्ला है !

नेपालमा वार्षिक दुई हजारभन्दा बढी जंगलमा आगलागी हुने गरेको तथ्यांक रहेको छ। २०२१ मा नेपालको ७७ जिल्लाका ७३ वटा जंगलमा आगलागी भएको रिपोर्ट सार्वजनिक छ।

नेपालमा २०२० देखि २०२१ एक वर्षमा देशभर दुई हजार ८७ भन्दा बढी जंगलमा आगलागी भएको नेपाली वन फायर व्यवस्थापनले रिपोर्ट गरेको छ। २५ फागुन २०२१ सम्म देशभर कम्तीमा पाँच सय २४ सक्रिय आगो जलिरहेको तथ्यांक छ। धुलो, धुवाँ र खरानीको संयोजनबाट हावामा आगो जलिरहेको बताइन्छ। आगलागीका कारण देशको वायुको गुणस्तर खस्किएको अवस्था छ।

मानवका कारण र प्राकृतिक कारण गरी वन डढेलोका दुई मुख्य कारक वा कारण मानिन्छ। तथ्यांकअनुसार जंगलमा लागेको आगोको करिब ९९ प्रतिशत मानव कारकबाट हुने गरेको छ भने एक प्रतिशत प्राकृतिक कारकबाट हुने गरेको छ।

नेपालको सुक्खा मौसम (जुन शरद ऋतुको अन्त्यदेखि गर्मीको सुरुमा चल्छ) सामान्यतः फागुन र चैतमा सबैभन्दा बढी आगलागी हुने गरेको तथ्यांक छ। सबैभन्दा ठूलो आगलागीले ६ सय हेक्टरभन्दा बढी वन नष्ट गरेको तथ्यांक छ। वनविज्ञ (एमएसी इन फरेस्ट) सलिना कडाल फागुन–चैत महिनामा नेपालमा विशेष गरेर जंगलमा डढेलो लाग्ने गरेको सुनाउँछिन्। त्यसकारण यो महिनामा वनमा डढेलो लाग्न नदिन विशेष चनाखो हुनुपर्ने र वन डढेलोको ९९ प्रतिशत कारक मानव नै भएकाले यो मौसममा चुरोट खाएर ठुटा जंगलमा यत्तिकै फाल्न नहुनेलगायत विषयमा विशेष निगरानी राख्नुपर्ने उनी सुनाउँछिन्। फागुन–चैत सुक्खा महिना भएकाले जंगल हरियाली नभई सुक्खा रहनु र यही महिनामा हावाहुरी चल्ने गर्दा आगलागी हुने गरेको कडाल सुनाउँछिन्।

जंगली डढेलो भन्नाले ग्रामीण तथा सहरी क्षेत्रमा सुरु हुने ज्वलनशील वनस्पति क्षेत्रमा अनियोजित, अवाञ्छित, अनियन्त्रित आगो हो। पृथ्वीको कार्बनयुक्त वनस्पति, सुक्खा मौसम, वायुमण्डलीय अक्सिजन र व्यापक बिजुली र ज्वालामुखी प्रज्वलनले आगोका लागि राम्रो अवस्था सिर्जना गर्दछ। उपलब्ध इन्धन, भौतिक अवस्था र मौसमजस्ता कारकको संयोजनबाट वन डढेलोको व्यवहार र गम्भीरता परिणामको मूल्यांकन हुने गर्दछ। वन डढेलो सबैभन्दा खराब र सबैभन्दा खतरनाक प्राकृतिक प्रकोपमध्ये एक हो। यसले आफ्नो मार्गका सबै चिज नष्ट गर्छ। वन जंगल मात्रै नभई जंगलमा रहेका चराचुरुंगी, जनावर पनि नष्ट गर्दछ।

डिभिजन वन कार्यालय सानोथिमि भक्तपुरका प्रमुख सापकोटा फागुन–चैत महिनामा डढेलोबाट आफू र अरूलाई पनि बचाउनुपर्नेमा सचेत हुनुपर्ने बताउँछन्। यसका लागि जंगलमा सलाई वा लाइटर प्रयोग गर्न नहुने, सलाई, लाइटरजस्ता प्रज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराख्ने काम हुनुपर्ने बताउँछन्। हाम्रो सानो असावधानीले जंगल मात्रै होइन, आसपासका बस्ती नै उजाड हुन सक्ने भएकाले यी महिनामा सबैजना गम्भीर हुनुपर्ने उनी सुनाउँछन्। जन, धन र वन सुरक्षामा विशेष ध्यान दिनुपर्ने महत्व उनी दर्साउँछन्।

प्रत्येक वर्ष विश्वमा ६० देखि ८० हजार वटा जंगलमा आगलागी हुने गरेको तथ्यांक छ। यसले ३ देखि १० मिलियन हेक्टरको वन विनास गर्दछ। जंगलमा लागेको आगोकै कारण प्रभावित क्षेत्रको इकोसिस्टममा आमूल परिवर्तन हुने र यसले अन्ततः अप्रत्याशित परिणाम निम्त्याउने विज्ञ बताउँछन्। संसारको इतिहासमा अस्ट्रेलियाको ठूलो जंगलमा सन् २००७ मा लागेको आगोले ८४ जनाको ज्यान गएको थियो।

प्रकाशित: २४ चैत्र २०७९ ०१:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App