२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

रामेछापमा बलेरो दुर्घटना, चार जनाको मृत्यु

रामेछापको मन्थली नगरपालिका–७ को कौछिनी (मगर गाउँ नजिक) बलेरो दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा १० जनाभन्दा बढी घाइते भएका छन्। 

मृतकहरूको सनाखत हुन सकेको छैन। घाइतेहरूको मन्थलीका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख होमबहादुर पराजुलीले बताए। स्थानीयवासी बलबहादुर तामाङका अनुसार तीन वटा शव पाखामा देखिएको छ भने एउटा शव गाडीले थिचेको अवस्थामा रहेको छ।

स्थानीयवासी र प्रहरीद्वारा घाइतेहरूको उद्धार गरी ११ जनालाई मन्थली अस्पतालमा उपचारका लागि पठाइएको छ।

मन्थली–७ स्थित कौछिनीतर्फ जाँदै गरेको वा ११ च ५५३ नं को बलेरो सडकबाट करिब एक यस मिटर तल झरेको थियो। दुर्घटनाबारे विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: २३ चैत्र २०७९ १३:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App