ललितपुरको कुपन्डोलस्थित महिन्द्रा गाडीको सर्भिस सेन्टरमा आगलागी हुँदा साढे दुई करोडको क्षति भएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आज बिहान भएको आगलागीमा सात गाडी, तीन स्कुटर र तीन मोटरसाइकल जलेर नष्ट भएका छन्। परिसरका प्रवक्ता भुवनेश्वर शाहले दिएको जानकारीअनुसार बिहान ४ः४७ मा लागेको आगो ५ः१७ बजे नै नियन्त्रणमा लिइएको भए पनि गाडी नष्ट भएका हुन्।
आगलागीका कारण नखुलेको तर प्रारम्भिक अनुसन्धानमा ब्याट्री चार्जमा राखिएको देखिएकाले त्यसैबाट आगलागी भएको अनुमान गरिएको उनले बताए। उनले घटनाको अनुसन्धान जारी रहेको र क्षतिको यकीन विवरण पनि आउन बाँकी रहेको जानकारी दिए।
प्रकाशित: २० चैत्र २०७९ ०९:०० सोमबार





