भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ९ पलासेचोकमा शुक्रबार भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।
जगातीबाट साँगातर्फ जाँदै गरेको प्रदेश ३–०२–०१० प ६८९० नं को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुदाँ मोटरसाइकल चालक भक्तपुरकै सूर्यविनायक नगरपालिका वडा नं ९ पलासे महत गाँउ बस्ने बर्ष २४ को निश्चल महतको मृत्यु भएको हो।
दुर्घटनापछि गम्भीर घाइते भएका उनलाई उपचारको लागि सूर्यविनायक नगर अस्पताल भक्तपुर लगेकोमा थप उपचारको लागि मध्यपुर अस्पताल रिफर भएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको परिसरका सूचना अधिकारी बसन्त पाठकले बताए।
प्रकाशित: १७ चैत्र २०७९ ०७:२९ शुक्रबार





