१९ पुस २०८२ शनिबार
image/svg+xml
समाज

इलाम कारागारबाट कैदी फरार

इलाम कारागार। तस्विर: भीम/नागरिक

कैदी–बन्दीले कारागारभित्रै तास खेलेको र मदिरा पिएको भिडियो बाहिरिएको महिनादिन नबित्दै इलाम कारागारबाट १ कैदी फरार भएका छन्। कारागारको कम्पाउन्ड वालमा चढेर उनी बाहिर भागेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गत असोज यता डाँका मुद्दामा जेलमा रहेका झापा मेचीनगर नगरपालिकाका ३१ वर्षे मनराज राई फरार भएका हुन्। उनी बिहीबार अपराह्न ३ बजेतिर भागेको र साँझ कैदी–बन्दी गणना गर्दा फेला नपरेपछि फरार भएको पत्ता लागेको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताए। ‘कैदी कसरी फरार भए भन्नेबारे अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘उनको मुद्दामा अदालतबाट फैसला भएपनि पूर्ण फैसला आउन बाँकी छ।’ उनले घटनाबारे छानबिन गरी दोषीलाई कारबाहीको प्रक्रियामा लैजाने बताए।

गत फागुनमा यही कारागारभित्र कैदी–बन्दीले तास खेलेको र मदिरा पिएको भिडियो बाहिरिएको थियो। त्यसपछि स्थानीय प्रशासनले छानबिन गरी केही कैदी–बन्दीलाई स्थानान्तरण र सुरक्षाकर्मी हेरफेर गरेको थियो। सार्वजनिक भएको भिडियो ११ महिनाअघिको रहेको भन्दै प्रशासनले त्यतिबेलाका कर्मचारी र सुरक्षाकर्मी भने अहिले त्यहाँ नभएको जनाएको थियो।  

प्रकाशित: १७ चैत्र २०७९ ०६:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App