२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

सिन्धुलीमा करेन्ट लागेर छोराको मृत्यु, बाबु घाइते

सिन्धुलीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

सिन्धुलीको सुनकोसी गाउँपालिका ४ फलामे चौरका ४० वर्षीय फत्तबहादुर श्रेष्ठका १२ वर्षीय छोरा दिपेश श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको हाे।

जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जिवी दाहालका अनुसार मृतकका बाबु छोरा नै खेतमा काम गरी फर्कने क्रममा ११ हजार भोल्टेजको करेन्ट लागि छोराको घटनास्थलमै मृत्यु भएको थियो। छोरालाई करेन्टले तानेको देखेपछि बचाउन खोज्दा मृतकका बाबु फत्तबहादुरलाई समेत करेन्ट लागी गम्भीर घाइते भएका छन्।

गम्भीर घाइते श्रेष्ठलाई उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। 

प्रकाशित: १६ चैत्र २०७९ १३:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App