१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

कर्मचारी हाजिर नगराए खाता रोक्का

विभिन्न स्थानीय तहले हाजिरी नगराई फर्काएका करिब ३० जना प्रमुख प्रशासकीय अधिकृतलाई सात दिनभित्र हाजिरी गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र गरेको छ। ७ दिनभित्र हाजिरी नगराएमा हाजिरी नगराउने स्थानीय तहको बैंक खाता रोक्का गरिने मन्त्रालयले जनाएको हो।

गत फागुन महिनामा दुई चरणमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५० उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा विभिन्न स्थानीय तहम खटाएको थियो।

निमित्त झिकेर दरबन्दीअनुसार कर्मचारी पठाउने उद्देश्यले ५० जना उपसचिवलाई विभिन्न नगरपालिकामा मन्त्रालयले खटाएको थियो। तीमध्ये झन्डै ३० जना उपसचिवलाई विभिन्न स्थानीय तहले विभिन्न कारण देखाउँदै हाजिरी गराएका छैनन्। ती उपसचिवलाई मन्त्रालयले पनि हाजिरी गराएका छैनन्, जसबाट ती उपसचिव यता न उताका भएका छन्।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता कमल भट्टराईले मन्त्रालयले खटाएका कर्मचारीलाई सम्बन्धित स्थानीय तहले हाजिरी गराउनै पर्ने बताए। ‘सात दिनभित्र हाजिरी नगराए हामी बैंक खाता रोक्का गर्छौं।यसका लागि कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई निर्देशनसमेत दिइसकेका छौं,’ भट्टराईले भने।

प्रकाशित: १४ चैत्र २०७९ ०३:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App