१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

चैते दसैंमा गण्डकीमा सार्वजनिक बिदा

गण्डकी प्रदेश सरकारले चैते दसैं पर्वका अवसरमा यही चैत १५ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को २०७८ साल चैत १८ गतेको निर्णय अनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ।

सो बिदा प्रदेश राजपत्रमा पनि उल्लेख छ। प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहेको मन्त्रालयका उपसचिव चण्डिका पौडलले बताए। हेरक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दसैं मनाउने गरिन्छ। चैत्राष्टमीका बेला यहाँका शक्तिपीठ एवं देवीका मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ। रासस

प्रकाशित: १३ चैत्र २०७९ ०५:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App