२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

माग पूरा नभए जेठबाट बञ्चरेडाँडामा फोहोर फाल्न नदिने

फाइल तस्बिर

बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर फाल्न रोक लगाइने ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले चेतावनी दिएको छ।  बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले बैशाखसम्म आफ्ना सबै माग सम्बोधन नभएमा जेठदेखि फोहोर फाल्न नदिने चेतावनी दिएको हो।  

सरोकार समितिका संयोजक श्रीराम ढुंगाना र उपसंयोजक सनत उप्रेतीले संयुक्त रुपमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकालाई पत्रचारमार्फत उक्त जानकारी गराएको हो।

वञ्चरेडाँडा ल्याण्डफिल साईटका बारेमा नेपाल सरकार र सम्बन्धित नगरपालिकाहरु, स्थानीय क्षेत्रका, धुनिवेशी नगरपालिका र ककनी गाउँपालिकाका स्थानीय निकायका जिम्मेवारी प्राप्त अधिकारीबाट प्रभाववित क्षेत्रका आम नागरिककको जिउधन, वातावरण विनाश लगाएतका विषयमा जिम्मेवार हुन नसकेको भन्दै सर्वत्र हाँसोको पात्र भएको विज्ञप्तिमा भनिएको छ।

यो हेर्नुहोस विज्ञप्ति

No description available.

प्रकाशित: १ चैत्र २०७९ ०९:१३ बुधबार

बञ्चरेडाँडा ल्यान्डफिल साइट