१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु, सात घाइते

रोल्पाको त्रिवेणी गाउँपालिका-२ दहवनमा गए राति ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा सात घाइते भएका छन्।

मृत्यु हुनेमा ट्याक्टरमा सवार मजदुर सल्यानको कुमाक गाउँपालिका–६ का ३२ वर्षीय टोपलाल विक रहेको  जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रकाश भुसालले बताए। उनको राप्ती विज्ञान प्रतिष्ठान दाङमा उपचारका क्रममा मृत्यु भएको हो।

सडकमा काम गर्ने मजदुर सवार रा १त १७२५ नम्बरको ट्याक्टर सडकबाट तल खसेको थियो। दुर्घटनामा परी घाइते सातै जनाको दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ट्याक्टर चालक दाङको घोराही उपमहानगरपालिका–३ का २९ वर्षीय नवीन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।रासस

प्रकाशित: २५ फाल्गुन २०७९ ०४:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App