४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

यति एयर दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि

पोखरा महानगरपालिका–१७ घारिपाटन स्थित सेतिको खोंचमा यति एयरलाइन्सको विमान दुर्घटना हुँदा ६९ जनाको मृत्यु पुष्टि भएको छ।

एअरलाइन्सले विज्ञप्ति जारी गर्दै  ६९ जनाको मृत्यु पुष्टि भएको जानकारी दिएको हो। बाँकी तीनजनाको उद्दार भइरहेको एअरलाइन्सले जनाएको छ।

विमानमा चालक दलका ४ जनासहित ७२ जना सवार थिए। जसमा ५३ जना नेपाली, ५ जना भारतीय, ४ जना रसियन, २ जना कोरियन, एकरएकजना अर्जेन्टिनी, अष्ट्रेलियन, आइरिस र फ्रान्सेली नागरिक रहेका थिए।  

काठमाडौंंबाट पोखरा गएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो। जहाज अवतरणको क्रममा पुरानो विमानस्थल नजिकै दुर्घटनामा परेको हो।  

प्रकाशित: १ माघ २०७९ १३:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App