१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

टिकटक लाइभमा जुवा तास खेलाउने चार पक्राउ

अत्याधिक प्रयोगमा आएको सामाजिक सञ्जाल टिकटक लाइभ मार्फत जुवा तास खेलाउने चार जना पक्राउ परेका छन्।  

बिहिबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक विज्ञप्ति जारी गर्दै टिकटकबाट जुवा खेलाउने चार जनालाई पक्राउ गरेको जानकारी दिएको हो।  

प्रकाउ पर्नेमा दाङ घर भई ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने २१ वर्षीय ऋषिप्रकाश योगी, भक्तपुर मध्यपुर ठिमी-१० बस्ने २७ वर्षीय कपिल गिरी, २१ वर्षीय प्रेम कठायत र २० वर्षीय डिल्लीराज अवस्थी रहेका छन्।

प्रकाउ परेका ऋषि प्रकाश योगीले पब्जी र पब्जी २ नामक दुईवटा टिकटक आइडी बनाएका थिए। उनले यसरी एक महिना १० दिनदेखि जुवा खेलाएर २८ लाख ७३ हजार ३ सय ५४ बराबरको कारोबार गरेको अनुसन्धानबाट खुलेको छ।

यस्तै कपिल गिरीले पोकर किङ नामक टिकटक आइडी खोलेर तीन वटा इसेवा वालेट पनि खोलेका थिए। उनले १० दिनमा १० लाख ५२ हजार ९६२ बराबरको रकम कारोबार गरेको देखिएको छ।

साथै प्रेम र डिल्लीराजल प्रेम नामक टिकटक आइडी खोली एक महिना ६ दिनको अवधिमा ९३ हजार २१४ रुपैयाँको कारोबार गरेको प्रहरीले जनाएको छ।  

उनीहरूले आफ्नो इसेवा लगायत अन्य डिजिटल वालेटमा रकम जम्मा गर्न लगाउने एसपी कोइरालाले बताए। यसरी हारजित हुने गरी तास खेलाइरहेको भन्ने सूचना पाएपछि अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई उपत्यकाका विभिन्न स्‍थानबाट पक्राउ गरेको एसपी कृष्णप्रसाद कोइरालाले बताए।  

पछिल्लो समय टिकटकमा थुप्रैले विभिन्न माध्यमबाट पैसा उठाइ जुवातास खेलाइरहेका छन्। उनीहरूमाथि मुलकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा १ बमोजिम अनुसन्धान अघि बढाएको छ। पक्राउ परेकाहरूलाई अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर ललितपुर, प्रहरी वृत्त जगाती र ठिमी पठाएको छ।

प्रकाशित: २८ पुस २०७९ १३:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App