२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कपिलवस्तुमा निलगाई मारेको आरोपमा ३ जना पक्राउ

कपिलवस्तुको यशोधरा गाउपालिका– ८ शिवखोर स्थित बाणगंगा नदीको बगरमा निलगाई मारेर भाग लगाइरहेको अवस्थामा शुक्रवार दिउसो ३ जना पक्राउ पारेका छन्।

निलगाई मारेर नजिकै रहेको बगौचामा मासुको भाग लगाईरहेको अवस्थामा स्थानीय जमील अहमद चौधरी, कपिलवस्तु नगरपालिका वडा नम्बर २ पडेरियाका मोहोम्मद ईमरान मुसलमान र नसरुल्लाह मुसलमान पक्राउ परेका छन्।

उनीहरुबाट २ वटा खुर सहीत २५ किलो मासु समेत बरामद भएको प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेतले बताए। निलगाई मारेर १२ देखि १५ जनाको समुहले मासुको भाग लगाईरहेका बेला घटना स्थलमा प्रहरी पुगेका थियो। प्रहरीलाई देखे पछि धेरै जना भागेका थिए।

बरामद मासुसहित ३ जनालाई डिभिजन वन कार्यालय कपिलवस्तुमा बुझाइएको छ। पक्राउ परेका उपर बन्यजन्तु सम्बन्धी मुद्दा लगाई कारबाही प्रकृया अघि बढाइने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत मदन शान्डील्यले बताए।  

प्रकाशित: १५ पुस २०७९ ११:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App