१६ भाद्र २०८३ मंगलबार
image/svg+xml
खेल

नेपाल ‘ए’ को खेल तालिका सार्वजनिक: पहिलो खेल तास्मानियाविरुद्ध बुधबार

अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ क्रिकेट टोलीले खेल्ने एकदिवसीय अभ्यास खेलको तालिका सार्वजनिक भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले पहिलो खेल बुधबार स्थानीय तास्मानिया टोलीविरुद्ध खेल्नेछ।

सार्वजनिक खेल तालिकाअनुसार नेपाल ‘ए’ ले आफ्नो दोस्रो अभ्यास खेल आगामी शुक्रबार साउथ अस्ट्रेलियासँग खेल्नेछ। यसैगरी, तेस्रो तथा अन्तिम खेल आइतबार बलियो प्रतिद्वन्द्वी न्युजिल्यान्ड ‘ए’ विरुद्ध हुनेछ।

यी सबै खेलहरूको प्रत्यक्ष प्रसारण ‘डीगो’ एपमार्फत हुने क्यानले जनाएको छ।

यसअघि नेपाली ‘ए’ टोलीले अस्ट्रेलियामै सम्पन्न ‘टप एन्ड टी-२० सिरिज’ मा प्रतिस्पर्धा गरेको थियो। टी-२० सिरिजको अनुभवपछि नेपाली टोलीले एकदिवसीय फर्म्याटको अभ्यास खेल खेल्न लागेको हो।

प्रकाशित: १६ भाद्र २०८३ २१:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App