coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लागु औषधसहित दुई जना पक्राउ

लागु औषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। सुर्खेत बिरेन्द्रनगर नगरपालिका–२ भुरेलीका २४ वर्षीय दिपेन्द्र बुढा र वडा नंम्बर ९ लाटी कोइलीका २२ वर्षीया कृपा बोहरालाई प्रहरीले पक्राउ गरेको हो।

बढैयाताल गाउँपालिका–२ फुटाहा स्थित चेकपोष्ट नजिकबाट दुवै जनालाई मंगलबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। प्रहरीले दुवै जनाको साथबाट २० पुरिया ब्राउन सुगर फेलापारेको छ। 

प्रहरीका अनुसार १४ ग्राम ६ सय ३० मिलिग्राम खैरो धुलो पदार्थ जस्तो देखिने ब्राउन सुगर फेला परेको छ। प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई लागु औषध मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: २१ मंसिर २०७९ १२:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App