२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

अब के हुन्छ त्रिपक्षीय वार्तामा ?

क्याप्शन

जेनजी समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन एकमत भएसँगै अब त्रिपक्षीय वार्ता हुँदैछ । यो त्रिपक्षीय वार्ताले निर्णायक निकास निकाल्ने अपेक्षा गरिएको छ ।  

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल तथा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की छलफलमा जुट्दैछन् ।  

राजनीतिक शुन्यताकाबीच हुन लागेको वार्तालाई चासोका साथ हेरिएको छ । सबै राजनीतिक दलले पनि बेग्लाबेग्लै अपीलसहित निकास निकाल्न आह्वान गरिरहेका छन् ।  

जेनजी समूहबीच पनि अब हुने त्रिपक्षीय वार्ताले निकास निकाल्ने अपेक्षा गरिएको छ ।  

यो समूहमा राजावादीका रुपमा पछिल्लो समय चर्चा कमाएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङले पनि उपस्थिति जनाउन थालेपछि भने जेनजी समूहले आपत्ति जनाएका छन् ।  

जे हो यहाँ लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्दै सापेक्ष निर्णय हुने आशा नागरिक समाजको छ।

प्रकाशित: २६ भाद्र २०८२ १२:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App