२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

सिनामंगल आगलागी: विमानस्थलले भन्यो- उडान र अवतरणमा कुनै समस्या छैन

काठमाडौंको सिनामंगलस्थित काठ गोदाममा भीषण आगलागी भए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण सेवा भने प्रभावित नभएको विमानस्थल कार्यालयले जनाएको छ।

आगलागीबाट निस्किएको धुवाँको मुस्लोले विमानस्थल क्षेत्रको आकाश ढाके पनि उडान तालिकामा कुनै फेरबदल नगरिएको विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए।

नागरिक न्युजसँग कुराकानी गर्दै प्रवक्ता शेर्पाले भने, ‘सुरुमा धुवाँको ठूलो मुस्लो देखिनेबित्तिकै उडान रोक्ने कि भन्ने विषयमा छलफल भएको थियो। तर, स्थिति विश्लेषण गर्दा उडान-अवतरणमा कुनै समस्या नपर्ने देखिएपछि हामीले सेवा रोकेनौँ। अहिले उडान नियमित भइरहेको छ।’

सिनामंगलको गैरीगाउँस्थित गोदाममा दिउँसो एक्कासी आगलागी हुँदा ठूलो कालो धुवाँको मुस्लो आकाशमा फैलिएको थियो।

यद्यपि, धुवाँका कारण हवाई सुरक्षामा जोखिम नरहेको र अवस्था सामान्य रहेको विमानस्थलले स्पष्ट पारेको छ।

प्रकाशित: २२ पुस २०८२ १६:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App