३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

के छ गैरसरकारी संस्था महासंघको १५ बुँदे विशेष प्रस्तावमा ?

गैरसरकारी संस्था महासंघ नेपालले केन्द्रीय समिति बैठकबाट १५ बुँदे विशेष प्रस्ताव पारित गरेको छ । दुई दिन काठमाडौंमा भएको बैठकबाट देशको समग्र विकासका लागि सरकार, निजी क्षेत्र र नागरिक समाजको साझा भूमिका अनिवार्य रहेको निष्कर्ष निकालिएको छ ।  

बैठकबाट देशको समसामयिक राजनीतिक अवस्था, लोकतन्त्र, संविधान, मानवअधिकार तथा आगामी निर्वाचनसँग सम्बन्धित विषयमा महत्वपूर्ण निर्णय गर्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराएको महासंघका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिए ।  

जेन-जी आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनमा घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामनासहित घाइतेहरूको उपचार, आवश्यक औषधि तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।  

बैठकले नागरिक समाजले गाउँ–टोलदेखि केन्द्रसम्म पहरेदारी, खबरदारी र साझेदारीको माध्यमबाट सामाजिक रूपान्तरण, लोकतन्त्र स्थापनाका आन्दोलन, द्वन्द्वकाल तथा विपद्को समयमा मानवीय सहायता, महिला सशक्तिकरण, क्षमता विकास र पछाडि परेका समुदायको पक्षमा निरन्तर योगदान गर्दै आएको जनाएको छ ।  

यी हुन महासंघले पारित गरेको १५ बुँदे विशेष प्रस्ताव

प्रकाशित: ९ माघ २०८२ २०:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App