प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशका विभिन्न जिल्लामा दिउँसोसम्म उत्साहजनक रूपमा मतदान भइरहेको छ। विभिन्न जिल्ला निर्वाचन कार्यालयहरूले सार्वजनिक गरेको विवरणअनुसार मतदाताको सहभागिता क्रमशः बढ्दै गएको छ।
मुगु जिल्लामा दिउँसो १ बजेसम्म १५ हजार ७०५ मत खसेको छ। जुन कुल मतदाताको ४२ दशमलव ९० प्रतिशत हो। जसमध्ये महिला ८ हजार ९७ र पुरुष ७ हजार ६०८ मतदाता रहेका छन्।
त्यस्तै, ओखलढुंगा जिल्लामा १ बजेसम्म कुल ३० हजार ६७ मत खसेको छ। यसमध्ये महिला १३ हजार ९८३, पुरुष १६ हजार ८३ र अन्य १ जना मतदाता रहेका छन्।
तेह्रथुम जिल्लामा पनि मतदान जारी रहेको छ। दिउँसो १ बजेसम्म त्यहाँ २१ हजार ७५० मत खसेको छ, जसमा महिला १० हजार ३३१ र पुरुष ११ हजार ४१९ मतदाता रहेका छन्। यो कुल मतदाताको करिब ३० प्रतिशत हो।
प्रकाशित: २१ फाल्गुन २०८२ १३:३० बिहीबार





-600x400.jpg)