२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

तनहुँमा किरियापुत्रीद्वारा मतदान

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान बिहीबार देशैभरि जारी छ। तनहुँको व्यास नगरपालिका–१ मोहोरियाटारका किरिया बसेका ५८ वर्षीय सुब्बा पन्थले मतदान गरेका छन्।

पन्थले व्यास नगरपालिका–१ भादगाउँस्थित जलदेवी माध्यमिक विद्यालय ‘ङ’ मतदान केन्द्रबाट मतदान गरेका हुन्। उनले आफ्ना ८३ वर्षीय बुबाको आजै निधन भएको र दाहसंस्कारपश्चात् मतदानमा सहभागी भएको बताए।

“देशमा सुशासन कायम गर्न र वर्तमान अवस्था परिवर्तनका लागि भएको निर्वाचनमा मेरो एक मतले देश बनाउन सहयोग पुग्छ भनेर मतदानमा सहभागी भएको हुँ। मेरो मत सदुपयोग हुनेछ भन्ने विश्वास लिएको छु”, उनले भने। 

यस्तै, उनले एक भाइ रामकृष्ण वैदेशिक रोजगारीको सिलसिलामा मुलुक बाहिर रहेको रदुई भाइ कृष्ण र ऋषिराम जिल्लाबाहिर रहेका बताए।

प्रकाशित: २१ फाल्गुन २०८२ १४:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App