२६ मंसिर २०८२ शुक्रबार
image/svg+xml
राजनीति

विद्या भण्डारी र ईश्वर पोखरेलले केपी ओलीलाई गिरफ्तार गर्न उकास्दै छन् : बस्नेत

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेले अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार गर्न उकासी रहेको भनाइ राखेका छन्।

बिहीबार यातायात श्रमिक तथा व्यवसायीहरूको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै बस्नेतले उक्ता भनाइ राखेका हुन्। उनले भण्डारी र पोखरेललाई उचालेर आफ्नो अभीष्ट पूरा हुन्छ भन्ने कुरा नसोच्न पनि प्रधानमन्त्री सुशीला कार्की र 'लुसिफर'हरूलाई उनले चेतावनी समेत दिए।

नेकपा एमालेले फेरि पनि बहुमत ल्याएर सरकार बनाउँछ भन्ने कुरा नबिर्सन आग्रह गर्दै उनले फेरि पनि एमालेबाट केपी ओलीलाई बहुमतको प्रधानमन्त्री बनाएर देखाउने दाबी गरे। ‘एमालेको नीति, नेता ठीक छन् त्यसैले हामीमा घमण्ड होइन, आत्मविश्वास छ,’ बस्नेतले भने।

प्रकाशित: २५ मंसिर २०८२ ११:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App