२३ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत

प्रतिनिधिसभाबाट मदाता नामावली पहिलो संसोधन अध्यादेश–२०८२ स्वीकृत भएको छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री सुधन गुरुङले मतदाता नामावली पहिलो संशोधन अध्यादेश –२०८२ लाई स्वीकृत गरियोस् भनि प्रस्ताव पेस गरेका थिए ।

उक्त प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मत रुपमा स्वीकृत भएको हो ।

साथै मन्त्री गुरुङले नै प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेशलाई स्वीकृत गरियोस् भनि प्रस्ताव पेस गरेका थिए ।

उक्त प्रस्तावपनि सर्वसम्मत रुपमा स्वीकृत भएको छ ।

त्यस्तै उनकै प्रस्तावमा नेपाल विशेष सेवा दोस्रो संशोधन अध्यादेश पनि स्वीकृत भएको छ ।

प्रकाशित: २३ चैत्र २०८२ १५:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App