२३ चैत्र २०८२ सोमबार
image/svg+xml
समाज

मुक्तिनाथ क्षेत्रमा बाक्लो हिमपात

मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र—१ को मुक्तिनाथ क्षेत्रलगायत मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात भएको छ । 

मुक्तिनाथ क्षेत्रमा सोमबार दिउँसोदेखि निरन्तर हिमपात भइरहेको हो ।  

मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले मुक्तिनाथ क्षेत्रमा जारी हिमपात यो सिजनकै सबैभन्दा बाक्लो भएको बताए । ‘मुक्तिनाथ क्षेत्रमा यसअघि छ पटक सम्म हिउँ परेको भएपनि आज परेको हिमपात वजनदार छ, पछिल्लो तीन घण्टादेखि हिउँ परिरहेको छ,’ उनले भने ।  

हिमपात भएपछि मुक्तिनाथ दर्शनका लागि आएका दर्शनार्थीहरुले सास्ती पाएका छन् । रानीपौवा बसपार्कदेखि मन्दिरसम्मको यात्रा गर्न हिमपातले अवरोध पुर्याएको होटल ग्राण्ड साम्बालाका सञ्चालक सुरज गुरुङले जानकारी दिए ।

प्रकाशित: २३ चैत्र २०८२ १७:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App