२३ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

कोशी प्रदेशसभाको आठौं अधिवेशन आज रातिदेखि अन्त्य

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको चालू आठौं अधिवेशन अन्त्य गरेका छन् । प्रदेश प्रमुख खापुङले चैत २३ गते राति १२ बजेदेखि प्रदेशसभाको चालु आठौं अधिवेशन अन्त्य गरेको कोशी प्रदेशका सभामुख अम्मरबहादुर विष्टले सोमबारको प्रदेसभा बैठकमा जानकारी दिए।  

नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम कोशी प्रदेश सरकार, मन्त्रिपरिषद्को २०८२ चैत २३ गतेको सिफारिस अनुसार  प्रदेश प्रमुखले सोही दिनको मध्यरातदेखि अधिवेशन अन्त्य गर्नुभएको सभामुख विष्टले बताए।  

यस्तै सोमबारको प्रदेशसभा बैठकले प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेय पनि सर्वसम्मतले पारित गरेको छ । कोशी प्रदेशका अन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीले प्रदेशसभामा राखेको  आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेय पारित गरियोस् भन्ने प्रस्ताव प्रदेशसभाले सर्वसम्मतले पारित गरेको सभामुख विष्टले जानकारी दिए ।  

अघिल्लो अधिवेशनमा विधेयकमा राखिएका प्रावधानहरूमा सरोकारवालाहरूले बिरोध गरेपछि विधेयक पारित हुन सकेको थिएन । विधेयकका केही प्रावधान संशोधनपछि विधेयक सर्वसम्मतले पारित भएको हो ।

प्रकाशित: २३ चैत्र २०८२ १९:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App