२३ चैत्र २०८२ सोमबार
image/svg+xml
अपराध

मालपोतमा बिचौलियाको काम गर्ने पाँच जना पक्राउ

भूमिसुधार तथा मालपोत कार्यलय जनकपुरमा बिचौलियाको काम गरेको आरोपमा पाँचजना लेखपढी व्यवसाय पक्राउ परेका छन् । सोमबार जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएका प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेहरूमा धनुषाको कमला नगरपालिका– ८ का रन्धिर कुमार गोरहान,जनकनन्दनी गाउँपालिका–४ का रामबिनोद साह,जनकपुरधाम उपमहानगरपालिका–१३ का बिराजी यादव, जनकपुरधाम–४ कै ज्ञानदेव साह र सबैला नगरपालिका–११ जय गोबिन्द यादव रहेका छन् ।

धनुषाका प्रहरी प्रवक्ता तथा डीएसपी गणेश बहादुर बमका अनुसार उनीहरूलाई कागजातसहित  मालपोत कार्यालयको परिसरबाट पक्राउ गरिएको हो।

प्रहरीका अनुसार उनीहरूको साथबाट सेवाग्राहीको कागजात समेत बरामद भएको छ।  उनीहरू लेखापढी व्यवसायको आडमा बिचौलियाको भूमिका निर्वाह गर्दै आएको खुलेको छ।

उनीहरूले सेवाग्राहीलाई छिटो काम गराइदिने र सेटिङ मिलाइदिने भन्दै अतिरिक्त रकम असुल्ने गरेको प्रहरीको प्ररम्भिक अनुसन्धानबाट खुलेको छ ।

मालपोत कार्यालयका कर्मचारीहरुले सेवाग्राहीलाई यो कागज नमिलेको त्यो नमिलेको भन्दै विभिन्न बहानामा बिचौलिमा पठाउन बाध्य पार्ने गरिन्छ ।

सेवाग्राही बिचौलियाको माध्यमबाट गए सजिलै काम गरदिने र कर्मचारीले बिचौलियाबाटै रुपैयाँ असुल्ने गरेका छन् ।

प्रकाशित: २३ चैत्र २०८२ १७:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App