३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

'काममा नतिजा निकाल्न सरकारले दण्ड-पुरस्कारको व्यवस्था गरेको छ'

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार जसरी पनि काममा नतिजा निकाल्नका लागि लागिपरेको बताएका छन्। कीर्तिपुर मैदानमा समयमै काम नसक्दा हर्जना तिरेर काम गरिरहेको ठेकेरदारको प्रसङ्ग निकाल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

'कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ। तोकिएको समयमा सम्पन्न नहुँदा निर्माण कम्पनीले हर्जाना तिर्दै काम गरिरहेको छ। तीन सिफ्टमा काम गर्दा पनि  वर्षा लगायत अन्य प्राविधिक कारणले ढिलाइ भएको हुन सक्छ। तर, अहिले सरकारले जसरी पनि काममा नतिजा निकाल्न र थिति बसाल्न दण्ड पुरस्कारको व्यवस्था गरेको छ,' प्रधानमन्त्री ओलीले भनेका छन्।

उनले सरकारी निर्माणसम्बन्धी भइरहेका अन्य काममा पनि यसलाई पालना गर्नका लागि अपिल गरेका छन्।

प्रकाशित: १ श्रावण २०८२ ०८:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App