३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

लघुकथाकार रमेन्द्र कोइरालाको चाैथाे लघुकथासंग्रह ‘साङ्लो’ लाेकार्पण

लघुकथाकार रमेन्द्र कोइरालाको चाैथाे लघुकथासंग्रह ‘साङ्लो’ लाेकार्पण भएकाे छ।

भारत नेपाल अन्तर्राष्ट्रिय साहित्य सांस्कृतिक मैत्री सम्मेलनमा उद्घाटनपछि भएको पहिलो सत्रमा लघुकथासम्बन्धी विमोचन, समीक्षा तथा  वाचन भएको थियो।

उक्त कार्यक्रम विनोद नेपालकाे अध्यक्षता तथा खगेन्द्र भट्टराईकाे प्रमुख अतिथिमा  कार्यक्रम भएकाे हाे।

लघुकथाविद् रामकुमार पण्डितले लघुकथाकारकाे परिचयकाे साथ साङ्लो लघुकथासंग्रहको समीक्षात्मक टिप्पणी गरेका थिए।

विशिष्ट अतिथिमा राय बरेलीका डाक्टर  शिवकुमार सिंह शिव, बनारसका साहित्यकार तथा पत्रकार कुमोद किशोर भारती थिए।

कार्यक्रममा नेपालका काठमाडौ ,पोखरा, विराटनगर, सुनसरी, नवलपरासी, झापा, मोरङ, इलाम,पाल्पा आदि र भारतका बनारस, बङ्गाल, झारखण्ड, कर्णाटक उडिसा, गुजरात, प्रयागराज भुपाल मिर्जापुर, छतीसगढ, हैदरावाद आदि विभिन्न साहित्यकारको उपस्थिति भएको थियो।

उक्त कार्यक्रम हनुमानप्रसाद पोदार स्मृति सेवा ट्रस्ट  दुर्गाकुण्ड वाराणसीमा भएको थियो। लघुकथाको कार्यक्रम नेपालकी लाेकप्रिय साहित्यकार ममता मृदुलले गरेकी थिइन्।

डा. घनश्याम परिश्रमी (उद्घाटन अध्यक्ष ), डा. देवी पन्थी (उद्घाटन प्रमुख अतिथि), डा. हरेन्द्र हर्ष (उद्घाटन सञ्चालक)  रहेका थिए।

शिव त्रिपाठी,कृष्ण मरासिनी, रोशन पराजुली, शारदा शर्मा, सुमित्रा अर्याल,रन्जु खनाल, विणा पाणि, प्रियम्बदा, अशोक सहिब, विन्दु दाहाल मुकदर्शक, सुजाता राइ, झाँक्रीखोले, यज्ञलाल सुवेदी,मेघनाथ बन्धु,उमादेवि खनाल आदिको उपस्थिति थियो।

लघुकथा सत्रमा रोशन पराजुली,रमेन्द्र कोइराला, विनोद नेपाल,रामकुमार पन्डित,रन्जु खनाल,शिव त्रिपाठी, ममता मृदुल तथा भारतीय केही लघुकथाकारले पनि लघुकथा हिन्दी तथा नेपाली लघुकथा वाचेका थिए।

नेपाली तथा भारतीय साहित्यकारहरूलाई अन्तर्राष्ट्रिय काशी विश्वनाथ साहित्य शिरोमणि सम्मान पनि गरिएको थियो। 

प्रकाशित: ३० फाल्गुन २०८२ १२:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App