फागुन महिनामा मात्रै सुनको मूल्य तोलामा १० हजार ७ सय रुपैयाँ बढेको छ। महिनाको पहिलो दिन तोलाको ३ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य कारोबारको अन्तिम दिन हिजो (शुक्रबार) तोलाको ३ लाख १४ हजार २ सय रुपैयाँ पुगेको थियो।
महिनाको सुरुदेखि नै उकालो लागेको सुनको मूल्य १९ गते हालसम्मै महंगो प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ पुगेको थियो। त्यसयता विस्तारै घटबढ हुँदै अन्तिम दिन हिजो ३ लाख १४ हजार २ सय रुपैयाँमा झरेको हो।
यस्तै चाँदी यो महिना तोलामा ४९५ रुपैयाँ बढेको छ। महिनाको पहिलो दिन तोलाको ५ हजार रुपैयाँमा कारोबार भएको चाँदी १८ गते हालसम्म कै महंगो तोलाको ६ हजार २० रुपैयाँ पुगेको थियो। त्यसयता घटबढ हुँदै कारोबारको अन्तिम दिन हिजो (शुक्रबार) तोलाको ५ हजार ४९५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढेकाले नेपालमा पनि यसको प्रभाव परेको महासंघले जनाएको छ।
प्रकाशित: ३० फाल्गुन २०८२ १२:०२ शनिबार





