२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

अबको राष्ट्रिय गन्तव्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ : पोखरेल

फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले अबको राष्ट्रिय गन्तव्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ भएको बताएका छन् ।  

नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी बाँकेको आज नेपालगञ्जमा आयोजित बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अब यो विषय राष्ट्रिय आकांक्षा मात्र नभई पार्टीहरूको लक्ष्य बन्नुपर्नेमा जोड दिए ।

पार्टीको नीति र कार्यक्रमप्रति सबैको प्रतिबद्धता तथा नेतृत्वप्रतिको अधिनस्थताले पार्टीलाई बलियो बनाउने उल्लेख गर्दै उनले पार्टीमा बहुपदीयको अर्थ बहु गुट हुनु नभएको बताए ।

पार्टीको दोस्रो विधान महाधिवेशनबाट विधानको प्रस्तावनामा जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मान्दै त्यसलाई वर्तमान सन्दर्भमा थप परिष्कृत गर्ने र वैज्ञानिक समाजवादको दिशामा अघि बढ्ने विषयलाई थप गरिने उल्लेख गरे ।  

‘अहिले प्रस्तावनामा जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार तय गर्ने भन्ने छ, अब समाजवाद कस्तो हुने भन्ने कुरा थप गर्ने छौँ’, महासचिव पोखरेलले भने, ‘हामीले ल्याउने समाजवाद नेपाली विशेषतामा आधारित हुने वैज्ञानिक समाजवादबारे प्रष्ट्याउने छौँ ।’

विषयवस्तुको गहिराइलाई बुझेर त्यसमा छलफल र बहस गर्दा विचारमा एकरुपता ल्याइ पार्टीलाई सही दिशामा अघि बढाउन सहयोग पुग्ने उनको भनाइ छ । 

प्रकाशित: ८ भाद्र २०८२ २१:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App