मोरङ क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार अज्ञमणि न्यौपानेले सुरुआती अग्रता बनाएका छन्।
हालसम्म गणना भएको मतअनुसार न्यौपानेले ९६७ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा श्रम संस्कृति पार्टीकी उम्मेदवार शान्ति पाख्रिन लामा रहेकी छन्। उनले ६४३ मत प्राप्त गरेकी छन्।
यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर फागो तेस्रो स्थानमा छन्। फागोले हालसम्म ४३७ मत प्राप्त गरेका छन्। त्यस्तै, नेकपा (एमाले)का उम्मेदवार घनश्याम खतिवडाले २७३ मत पाएका छन्।
प्रकाशित: २२ फाल्गुन २०८२ ०७:२६ शुक्रबार





