२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

रास्वपा नेतृ सुमना भन्छिन् : नयाँ बन्ने मन्त्रिपरिषद्‍मा म जाँदिनँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी नहुने बताएकी छन्।

फेसबुक लाइभमा आएर आफूप्रति भ्रम छरिएको बताउँदै सुमनाले भनेकी छन्, ‘भ्रममा कोही पनि नपरिदिनुहोला। म क्याबिनेटमा जान लाछैन।’

कार्की नेतृत्वको क्याबिनेटलाई शुभकामना दिँदै उनले सत्ता नभइ सेवा सोच्न र नाम नभइ काम गर्नुपर्ने बताइन्।

पूर्वशिक्षामन्त्री समेत रहेकी उनले अगाडि भनेकी छन्, ‘कलिला भाइबहिनीहरुको दाहसंस्कार सकिएको छैन। उहाँहरूको यो बलिदानबाट आएको परिवर्तनमा म जस्तो अवसर पाएर, आफ्नो काम गर्ने मौका पाएर काम गरेकाहरूले मन्त्री बन्ने सपना नराखौं भन्न चाहन्छु।’

युवाहरूको बलिदान संस्कार परिवर्तनका लागि थियो भन्दै उनले त्यो संस्कार परिवर्तनमा केन्द्रित हुनुपर्ने बताइन्।

शुक्रबार साँझ शीतल निवासमा आयोजित प्रधानमन्त्री कार्कीको शपथ ग्रहण समारोहमा सहभागी भएपछि उनी पनि यो सरकारमा मन्त्री हुनसक्ने अड्कलबाजी सुरु भएको थियो।

प्रकाशित: २८ भाद्र २०८२ ११:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App